काठमाडौँ । कैलालीका अविन शर्माले यस वर्ष दशैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गरेका छन् । कक्षा ७ मा अध्ययनरत उनले सो रकमलाई अध्ययनका लागि आवश्यक कापी, कलम, चित्र बनाउन आवश्यक ‘कलर’ र रङ्गीन पेपर किन्ने तयारीमा रहेको जानकारी दिए ।
‘विगतमा दशैँको दक्षिणा मनपरेको खानेकुरा खाने, बचेको रकम खुत्रुकेमा राख्ने गर्दथेँ’, उनले भने, ‘यस वर्ष पढाइका लागि आवश्यक सामान किन्छु । अनावश्यक खर्च नगर्ने योजना बनाएको छु ।’
त्यस्तै, किशोरी नेहा उपाध्यायले पनि दशैँको दक्षिणा आफूलाई आवश्यक भएको सामान किन्नमा खर्च गर्ने बताईंन् । कक्षा ११ मा अध्ययनरत उनलाई रकम बचतको महत्वबारे राम्रो ज्ञान छ । ‘यो बेला म मात्र होइन मेरो भाइबहिनीको हातमा पनि पैँसा छ, कक्षाकोठामा शिक्षकले दक्षिणा बचतबारे सिकाउनु भएको थियो’, उनले भनिन्, ‘‘मैले घर गएर भाइबहिनीलाई बचत गर्नुपर्छ भनी सिकाएकी छु । यसपटक मसँग पढाइका लागि अत्यावश्यक सामान किन्ने तयारी छ ।’
दशैंका समयमा अधिकांश बालबालिकाको हातमा सुकिला नोट हुन्छन् । मान्यजनबाट दक्षिणामा पाएको रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गरेको देखिन्छ । कक्षा ५ मा अध्ययनरत स्मीता धामीले पनि यस वर्षको दशैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजना बनाएकी छिन् । चार महिनादेखि चित्रकला तथा नृत्य सिकिरहेकी उनलाई आवश्यक सामग्री किन्नुपर्छ भन्ने लागेको छ । ‘चित्रकलामा रुची छ, केही समयदेखि सिकिरहेकी छु’, उनले भनिन्, ‘बुवाआमालाई आर्थिक भार पार्नुभन्दा यसपटक आफ्नै रकमले किन्छु ।’
दशैँमा प्राप्त गरेको दक्षिणा अनावश्यक खर्च गर्ने, वनभोज तथा घुमघाममा खर्च गर्ने चलन छ । यसरी अनावश्यक काममा तथा घुमघाममा खर्च गर्नुभन्दा आवश्यक सामान खरिदमा खर्च गर्दा रकमको सही सदुपयोग हुन्छ ।
अर्का विद्यार्थी राकेश विकले भने यस वर्ष दशैँको दक्षिणा आमालाई थन्क्याउन दिएका छन् । ‘‘तिहार आउँदैछ, तिहारमा बहिनीहरुलाई दक्षिणा दिन काम लाग्छ, आफ्नै रकमले दक्षिणा दिनुपर्ला’’, उनले भने, ‘विगतमा दक्षिणा दिन आमासँग मागेर दिन्थे, यसपटक आफ्नै रकम आमालाई राखिदिनुस् भनेको छु । त्यही रकम सदुपयोग गर्नेछु ।’
हरेक वर्ष बडादशैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुन्छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए । ‘एक महिना बिदा सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ’, उनले भने, ‘विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ ।’
उनीले लामो बिदालाई खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्