काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमनका विषयमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले फौजदारी कसुरमा कारवाही गर्न प्रतिवेदन कुर्नु नपर्ने बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारवाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएको हो ।
आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको उक्त विज्ञप्तिमा गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमार्फत जाँचबुझ आयोगले काम अघि बढाइसकेकोले घटनाबारे तत्काल अनुसन्धान नगर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
तर, सो विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले फौजदारी कसुरमा कारवाही प्रक्रिया अघि बढाउन आयोगको प्रतिवेदन कुर्न नपर्ने जनाउको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्