काठमाडौँ । सामाजिक सञ्जालमा जेन-जीले नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा मागेको विषय चर्चामा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा मागेपछि जेन-जीले गभर्नर विश्वनाथ पौडेलको पनि राजीनामा मागेको चर्चा चलेको हो । हाल गभर्नर पौडेल राजीनामा दिने मनस्थितिमा रहेको भन्ने खबर सार्वजनिक भइरहेका छन् ।
उक्त विषयमा बुझ्दा एक जेन-जीले राजनीतिक रुपमा नेपाली काँग्रेससँगको कनेक्सन भएकै कारण गभर्नरको राजीनामा मागिएको स्वीकार गरेका छन् । तर, आधिकारिक रुपमा अख्तियारका प्रमुख आयुक्तलाई जस्तो पत्र नै भने नपठाएको उनले बताएका छन् ।
ती जेन-जीका अनुसार गभर्नरलाई पनि राजीनामाका लागि पत्र पठाउने विषयमा छलफल भइरहेको छ । यता गभर्नर निकट स्रोतले पनि सो विषयमा गभर्नर पौडेललाई जानकारी भएको बताएका छन् ।
भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा आरजुको मान्छे भन्दै पौडेलको भैँसेपाटीस्थित घरमा आगजनी गरिएको थियो । उनको चितवनस्थित घरमा पनि तोडफोड गरिएको थियो ।