काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले बत्ती जाने समस्या समाधान गर्न निर्देशन दिएका छन् । विद्युत भार प्रेषण केन्द्रको अनुगमन गर्दै मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणका अधिकारीलाई निर्देशन दिएका हुन् ।
सोमबार साँझ मन्त्री घिसिङ काठमाडौँको स्यूचाटारस्थित भारप्रेषण केन्द्रको अनुगमनमा पुगेका थिए । सोही बेला उनले प्राधिकरणका अधिकारीलाई बत्ती जाने समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
अनुगमनका क्रममा घिसिङले विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत माग तथा आपूर्ति व्यवस्थापन, विद्युत निर्यात, बाढी र पहिरोबाट जलविद्युत आयोजनाहरुमा पुगेका क्षतिका बारेमा पनि जानकारी लिएका थिए ।
हाल देशभरका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गुनासो आइरहेको र सो गुनासो नआउनेगरी काम गर्न उर्जामन्त्री घिसिङले निर्देशन दिएको उर्जामन्त्रीको सचिवालयले जनाएको छ ।