Skip to content
LAXMI SUNRISE BANK

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ सरोकार

काठमाडौँ । पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जेन-जी आन्दोलनपछि स्वास्थ्य मन्त्री बन्ने चर्चामा समेत रहेकी डा. मिश्रले पदमा हुँदा पदको दुरुपयोग गर्दै अनियमितता गरेको अख्तियारले ठहर गरेको छ ।

स्वास्थ्यमन्त्री बन्ने चर्चा चलिरहँदा अख्तियारले उनीमाथि भ्रष्टाचार गरेको अभियोगमा अनुसन्धान भइरहेको जानकारी गराएपछि उनको नियुक्ति रोकिएको थियो । 

हाल अख्तियारले अनुसन्धान सकेर स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगका एक अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK