Skip to content
LAXMI SUNRISE BANK

जेन-जीले मागे अख्तियारका प्रमुख आयुक्त प्रेम राईको राजीनामा

अर्थ सरोकार

काठमाडौँ । जेन-जीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा मागेका छन् । जेन-जी मुभमेन्ट अलायन्सले राईको राजीनामा मागेको हो ।

सोमबार विज्ञप्ति नै जारी गरेर अलायन्सले राईसँग स्वेच्छिक राजीनामा मागेको हो । 

राईमाथि नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी जहाज खरिद प्रकरणमा नाम मुछिएको आरोप रहेको भन्दै उनको राजीनामा माग गरिएको बताइएको छ । 

राजीनामा नदिए मंगलबार बिहान १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराउने र आवश्यकता अनुसार अन्य कार्यक्रम गर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

यसो त आयोगका पदाधिकारीलाई पदबाट हटाउन महाअभियोग लगाउनुपर्छ । तर, हाल संसद नभएको अवस्थामा महाअभियोग लगाउन सम्भव नरहेको भन्दै राजीनामा मागिएको विज्ञप्तिमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK