काठमाडौँ । केही दिन यतादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरबाट दुई करोड रुपैयाँ सारिएको विषय चर्चामा छ । जेन-जी आन्दोलनका क्रममा प्रचण्डले दुई करोड रुपैयाँ दुई वटा ट्रकमा सारेको विषयले सामाजिक सञ्जाल तताएको हो ।
काँग्रेस सभापति शेर बहादुर देउवा, पूर्वउर्जामन्त्री दीपक खड्का लगायतका नेताको घरमा पैसाको थुप्रो भेटिँदा प्रचण्डको घरमा पैसा किन भेटिएन भन्ने प्रसंगमा उनले पैसा अन्यत्र सारेको भन्दै चर्चा भइरहेको छ ।
सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि प्रचण्डको सचिवालयले उक्त आरोप पुष्टि गर्न चुनौती दिएको छ । प्रचण्डको सचिवालयले प्रचण्डको घरबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ सार्न लगाएको हल्ला पूर्णतः भ्रामक भएको भन्दै पुष्टि गर्न चुनौति दिएको हो ।
प्रचण्डको सचिवालयले उक्त आरोप र हल्ला गलत र कानून विपरीत भएकाले छानबिन गरेर कारवाही प्रक्रिया अगाडि बढाउन पनि माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्