×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारमा जेन-जीको प्रदर्शन, मागे प्रमुख आयुक्तको राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अख्तियारमा जेन-जीको प्रदर्शन, मागे प्रमुख आयुक्तको राजीनामा

Artha Sarokar

२१ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेन-जी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् । प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले आयोगको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । 

‘जेन-जी मुभमेन्ट अलायन्स’का युवाहरुले सोमवार साँझ नै इमेलमार्फत राजीनामा दिन माग गर्दै दबाबमूलक पत्र समेत आयोगमा पठाएका थिए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीहरुको नियुक्ति समेत खारेज हुनुपर्ने माग राख्दै आएका छन् । राजीनामाको मागसहित निवेदन दर्ता गराएपछि अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको कारण आयोगका पदाधिकारीहरु राजीनामा माग गरिएको उनीहरुको भनाइ छ । अख्तियारसहित केही कार्यालयहरुमा बिहानैदेखि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी