×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४२ सयले घट्यो सुनको मूल्य, तोलाको दुई लाख ३५ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

४२ सयले घट्यो सुनको मूल्य, तोलाको दुई लाख ३५ हजार

Artha Sarokar

२४ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४२ सय रुपैयाँले घटेर दुई लाख ३५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ३०८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १ हजार ४ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २६४५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी