काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ हजार १ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ७५ रुपैयाँले बढेर प्रतितोला ३३५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २१ हजार १ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २८७२ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।