×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

Artha Sarokar

१८ आश्विन २०८२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशका विभिन्न स्थानमा लगातार परिरहेको अविरल वर्षाले जनजीवन नै अस्तव्यस्त बनाएको छ । सडक आवागमन अवरुद्ध हुनुका साथै कतिपय ठाउँमा जोखिम बढेपछि सरकारले सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै थप दुई दिन बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार जानकारी दिँदै आइतबार र सोमबार सार्वजनिक बिदा दिइने घोषणा गरेका हुन् । उनका अनुसार, पहिले तय भएअनुसार सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने कार्यक्रम रहे पनि वर्षाका कारण मुख्य राजमार्ग र सहायक सडकहरू विभिन्न ठाउँमा अवरुद्ध भएका कारण कार्यालयहरू सञ्चालनमा समस्या हुने देखिएको छ ।

सरकारले आपत्कालीन सेवाबाहेकका अन्य कार्यालय बन्द रहने जनाएको छ । यसबीचमा सडक अवरुद्ध हटाउने, राहत तथा उद्धार कार्यलाई तीव्रता दिने र प्रभावित क्षेत्रमा आवश्यक सहयोग पु¥याउने तयारी भइरहेको छ ।

अविरल वर्षासँगै राजधानीसहित तराई र पहाडी जिल्लामा सामान्य जनजीवन प्रभावित भएको छ भने कतिपय जिल्लामा बाढी, पहिरोको जोखिम अझै उच्च रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारको निर्णयले जोखिमग्रस्त क्षेत्रका सर्वसाधारणलाई राहत हुने अपेक्षा गरिएको छ ।

यता जिल्ला प्रशासन कार्यालयले पठाओ, इन्ड्राइभजस्ता राईड सेयारिङलाई ठगी नगर्न चेतावनी दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी