काठमाडौँ । हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्याधिक विषादी भेटिएको छ । कालिमाटी तरकारी बजारमा गरिएको अनुगमनका क्रममा बिक्रीमा राखिएका हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्याधिक विषादी भेटिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार धादिङबाट बेच्न ल्याइएका घिरौँलामा ६५.०३ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको छ ।
त्यस्तै, मकवानपुरबाट ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत र काठमाडौँमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत विषादी भेटिएको समितिले जनाएको छ । ३५ प्रतिशत भन्दा बढी ४५ प्रतिशतसम्म विषादी भेटिए ती तरकारी केही दिन राखेर उपभोग गर्न सकिन्छ ।
तर, ४५ प्रतिशत भन्दा बढी विषादी भेटिएका तरकारी खान अयोग्य हुन्छन् ।