काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशीघ्र दावी भुक्तानी गर्ने प्रक्रिया सुरु गरेको छ ।
हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ वटा दाबीमध्ये हालसम्म २ सय ४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८३१ भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त दावी भुक्तानी रकम जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापतको हो । नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोजराज लुइँटेलले बताएका छन् । साथै, उच्च प्राथमिकताका साथ भइरहेको दावी भुक्तानी २१ गते मंगलबारबाट पुनः यथावत हुने कम्पनीले जनाएको छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बिमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ । त्यस्तै, हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकी रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पूरा गरी आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।