काठमाडौँ । विपद जोखिम नभएका जिल्लामा नियमित सेवा सुरु गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले बाढी/पहिरोबाट प्रभावित नभएका जिल्लामा नियमित कामकाज सुरु गर्न निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पठाइएको उक्त पत्रअनुसार विपद जोखिम नहुने जिल्लाहरुमा असोज २० गते (सोमबार) देखि नियमित सेवा सुरु हुनेछन् ।
तर, विपद जोखिम रहेका जिल्लाहरुमा भने सार्वजनिक बिदा लागू रहनेछ । यद्यपि जिल्लामा विपद जोखिमको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीले काम गर्ने/नगर्नेबारे निर्णय गर्नेछन् । विपद जोखिम रहेका जिल्लाहरुमा भने बिदा लागू हुनेछ ।
भारी वर्षाका कारण उच्च जोखिमको पूर्वानुमानपछि सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्