काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ । शुक्रबार एकीकृत परिपत्र, २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो ।
सुन आयातको सीमा बढाएर राष्ट्र बैंकले दैनिक २५ किलोग्राम सुन आयात गर्न सकिने जनाएको छ । यसअघि दैनिक २० किलोग्राम सुन मात्र आयात गर्न सकिने व्यवस्था थियो ।
त्यस्तै, राष्ट्र बैंकले सोही परिपत्रको संशोधन गर्दै विप्रेषण आप्रवाह (रेमिट्यान्स) को सीमा पनि बढाएको छ ।
योसँगै अब नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था) बाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ (एकपटक वा पटक-पटक)को विप्रेषण रकम ल्याउन सकिने व्यवस्था गरेको छ ।
यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो । त्यस्तै, रेमिट्यान्सको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो विवरण मासिक रुपमा पेश गर्नुपर्ने व्यवस्था थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्