काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई बक्यौता तिर्न कात्तिक २ गतेसम्मको समय दिएको छ ।
उर्जामन्त्री कुलमान घिसिङको निर्देशन अनुरुप नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न कात्तिक २ गतेसम्मको समय दिएको हो । सो अवधिमा बक्यौता नतिरे प्राधिकरणले उद्योगको लाइन काट्ने चेतावनी दिएको छ ।
कात्तिक २ गतेसम्म बक्यौता नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिइएको र सो बारेमा उद्योगहरुलाई पनि जानकारी दिइएको प्राधिकरणले जनाएको छ । तर, हालसम्म कुनै पनि उद्योग बक्यौता तिर्न नआएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उद्योगहरुले कात्तिक २ गते राति १२ बजेसम्म बक्यौता तिर्न सक्नेछन् । तर, सो अवधिमा पनि बक्यौता नतिरे सबै उद्योगको लाइन काटिने प्राधिकरणले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्