काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा तोडफोड हुँदा झापाको दमकस्थित भ्यु टावरमा २५ करोडको क्षति भएको पाइएको छ । दमक-३ मा एक अर्ब ६४ करोडको लागतमा निर्माण गरिएको उक्त टावरमा २५ करोडको क्षति भएको सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले बताएका छन् ।
थिङका अनुसार हाल उक्त टावर पूर्ण रुपमा बन्द गरिएको छ ।
सो भ्यु टावर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ मंसिर २३ गते उद्घाटन गरेका थिए । टावर गत साउन एक गतेदेखि सञ्चालनमा आएको थियो । व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।
आन्दोलनका क्रममा १८ तले भ्यु टावरको सबै सिसा फुटाइएको छ भने भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी भएको छ । टावरको भित्र पनि आगो लगाइएको तर स्वचालित रुपमा पानी झर्ने प्रणालीका कारण भित्र आगो फैलिन नपाएको थिङले बताएका छन् । साउनदेखि खुला गरिएको भ्यु टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः