काठमाडौँ । २५ करोडसहित पक्राउ परेका कुसाङ लामा (फुच्चे) फरार भएको खुलेको छ । जेन-जी आन्दोलनका क्रममा उनी कारागारबाट भागेको खुलेको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ घर भएका फुच्चे २०८१ चैत ४ गते टोखाबाट पक्राउ परेका थिए । उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । सोही बेला लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको थियो । तर, भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उनी राति कारागारबाट भागेका थिए । तर, हालसम्म पनि उनी कारागार फर्किएका छैनन् ।
हाल कारागारले फरार कैदीहरुको सूची सार्वजनिक गरेको छ । जसमा लामाको नाम पनि छ । लामासहित अझै साढे ५ हजार कैदीहरु फरार छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्