काठमाडौँ । इलाममा पहिरोमा परेर हालसम्म ३४ जनाको ज्यान गएको छ । पहिरोमा परेर इलाममा ३५ जनाको ज्यान गएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार पहिरोमा परेर सूर्योदय–१ मा ५, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको ज्यान गएको छ ।
हाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीसहितको टोलीले पहिरो प्रभावित क्षेत्रमा उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुको हेलिकप्टरबाट उद्दार भइरहेको प्रहरीले जनाएको छ ।