काठमाडौं। राजधानी काठमाडौंको मौसम बदली भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार बिहानदेखि नै आकाश धुम्मिएकाले उडान र अवतरण दुवै सहज हुन सकेका छैनन् । यहि कारण अधिकांस उडान डिले भएका छन् ।
पाण्डेका अनुसार धनगढीबाट आएका श्री एयरलाइन्स र बुद्ध एयर, कोलकाताबाट आएको बुद्ध एयर, तथा क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सका विमानहरू ओभरसुट भएका छन् ।
यता डिलेका कारण एयरपोर्टमा तातो कफी पिउन खोज्ने जेनजीहरुले एयरपोर्टभित्र कफी र खाने कुराको भाउ घटाउनुपर्ने माग गरेका छन् । ‘पहिला पो नेताहरुलाई कमिसन दिनुपर्थ्यो होला र भाउ पनि चर्को थियो । अव त जेन-जी सरकार छ, कफीको भाउ घट्नुपर्छ ।’ एक यात्रुले भने, ‘एयरपोर्टभित्र कफी, र खाने कुराका नाममा लुट छ । अव यो लुट बन्द हुनुपर्छ ।’
यसो त एयरपोर्ट भित्र चिया, कफी र खाने कुराका नाममा लुट धन्दा चलिरहेको आरोप यसअघि पनि हुने गरेको थियो ।त्यहाँ सटर वा ठाउँ पाउन व्यवसायीहरुले पनि राम्रै रस्साकस्सी गर्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्