Skip to content
LAXMI SUNRISE BANK

अलपत्र परेका यात्रु लिन नेपाल एयरलाइन्सको न्यारोबडी जहाज भैरहवा जाँदै, भाडादर ७ हजार !

अर्थ सरोकार

काठमाडौँ । नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको छ । उक्त जहाज सोमबार दिउँसो १ बजे काठमाडौँदेखि भैरहवा जान लागेको हो ।

सोही जहाज सोमबार दिउँसो २ः४५ बजे भैरहवाबाट काठमाडौँ फर्किनेछ ।

भारी वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध हुँदा भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुका लागि उडान गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ । सोमबार हुने उडानमा बिरामी, अशक्त र वृद्धवृद्धालाई प्राथमिकता दिइनेछ ।

काठमाडौँदेखि भैरहवा जाँदा भाडादर प्रतियात्रु ५ हजार रुपैयाँ तोकिएको छ भने भैरहवाबाट काठमाडौँ फर्किंदाको भाडादर ७ हजार रुपैयाँ तोकिएको छ । हाल भैरहवा विमानस्थलमा सयौँ यात्रु रोकिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK