काठमाडौँ । बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३५ कम्पनीको एक करोड ३७ लाख ४९ हजार ५ सय ४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, बुधबारको बजारमा सांग्रिला डेभलपमेन्ट बैंक डेबेञ्चर २०८७ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।