काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ११ कम्पनीको ७६ लाख ४३ हजार ६ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार मुक्तिनाथ विकास बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ३० लाख ९७ हजार ६ सय १५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको बजारमा हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।