काठमाडौँ । छठपछिको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १४ कम्पनीको ९२ लाख ४३ हजार ७ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । यस कम्पनीको २४ करोड ९४ लाख ६० हजार ३ सय १७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै नाफा न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्