Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वोण्डर्स नेपाल प्रालि द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त कम्पनीसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK