Skip to content
LAXMI SUNRISE BANK

गाँजा सेवन गरेको पाइएपछि निकोलस भुसाल सुधार केन्द्र पठाइए !

अर्थ सरोकार

काठमाडौँ । निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ । बिहीबार माइतीघरबाट पक्राउ परेका भुसालले गाँजा सेवन गरेको पाइएपछि उनलाई बिहीबार नै सुधार केन्द्र पठाइएको हो ।

‘प्रदर्शन गर्न आएपछि पक्राउ गरिएको थियो ।’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरीले भने, ‘मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको भेटिएपछि सुधार केन्द्र पठाएको हौँ ।’

ती प्रहरीका अनुसार एक वर्षअघि पक्राउ परेपछि गरिएको मेडिकल रिपोर्टमा पनि भुसालले गाँजा सेवन गरेको भेटिएको थियो । पुनः गाँजा सेवन गरेको फेला परेपछि सुधार केन्द्रमा राख्नेगरी उनका दाजुको जिम्मामा पठाइएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK