काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरु बढेका छन् ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न कार्तिक ३० गतेसम्मको समय दिएको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेसँगै अहिले निर्वाचन कार्यालयहरुमा नाम दर्ता गराउनेहरुको भीड लाग्ने गरेको छ ।
मतदाता नामावलीमा नाम दर्ता गराउन पुग्नेहरुमा अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका रहेको निर्वाचन कार्यालयले जनाएका छन् । अर्थात, हाल मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालय पुग्ने अधिकांश जेन-जी पुस्ता छन् ।
हालै देशमा देखिएको परिवर्तन र राजनीतिक अस्थिरताका कारण उनीहरुमा मताधिकार प्रयोग गर्ने हुटहुटी देखिन्छ ।