काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरी बहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन् । आइतबार पत्रकारसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले आफू कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने भनेका छन् ।
भदौ २३ र २४ गते जेन-जी प्रदर्शनका क्रममा तत्कालीन सरकारले गरेको दमनका विषयमा छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । ओलीले उक्त आयोग मान्य नहुने यसअघि पनि बताएका थिए ।
यतिसम्म कि उनले उक्त आयोग एमालेले अस्वीकार गर्ने र आयोगको प्रतिवेदन पनि स्वीकार नगर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्