Skip to content
LAXMI SUNRISE BANK

तीन महिनामा मात्रै ४३ करोड बढीको फेस क्रिम आयात, आँखा र ओठ शृङ्गारमा झण्डै २२ करोड विदेशियो

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ४३ करोड बढीको फेस क्रिम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा ४३ करोड ३० लाख ९८ हजार रुपैयाँको फेस क्रिम आयात भएको हो ।

सो रकम बराबरको फेस क्रिम आयात गर्दा आयातकर्ताले सरकारलाई २२ करोड ६० लाख ५९ हजार रुपैयाँ राजस्व बुझाएका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा २६ करोड ७९ लाख २४ हजार रुपैयाँको मात्र फेस क्रिम आयात भएको थियो ।

त्यस्तै, भन्सार विभागका अनुसार स्याम्पु आयातमा २८ करोड ९८ लाख ८९ हजार रुपैयाँ, कन्डिस्नर आयातमा ३ करोड ११ लाख २१ हजार रुपैयाँ, कपालमा लगाउने तेल १९ करोड ७ लाख ६१ हजार रुपैयाँ, कपाल रंगाउने वस्तु आयातमा ३१ करोड ८१ लाख ४० हजार रुपैयाँ, कपालमा लगाउने क्रिम आयातमा १ करोड ११ लाख ९३ हजार रुपैयाँ र कपाल हेरचाहका अन्य वस्तु आयातमा २६ करोड ८३ लाख १० हजार रुपैयाँ विदेशिएको छ ।

गत आर्थिक वर्षको तीन महिनामा १ करोड ५२ लाख १९ हजार रुपैयाँको नेल पोलिस आयात भएकोमा यस वर्ष १ करोड ३२ लाख १५ हजार रुपैयाँको नेल पोलिस आयात भएको विभागले जनाएको छ ।

त्यसैगरी, ३ महिनामा आँखा र ओठ शृङ्गारका सामान आयातमा २१ करोड ९१ लाख २९ हजार रुपैयाँ विदेशिएको छ । आँखा शृङ्गारका सामान आयातमा ६ करोड १४ लाख ८२ हजार रुपैयाँ र ओठ शृङ्गारका सामान आयातमा  १५ करोड ७६ लाख ४७ हजार खर्च भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK