काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरु सुध्रिनुपर्ने बताएकी छिन् । जेन-जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा राजनीतिक दलहरुले आफूलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।
त्यस्तै, उनले आन्दोलनका पीडित र घाइतेको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको पनि बताएकी छिन् ।
जेन-जी सहिद र घाइतेहरुको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको कार्कीले जिकिरसमेत गरेकी छिन् । उनले अहिलेको सरकार भ्रष्टाचार, बेरोजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिवद्ध रहेको पनि बताएकी छिन् । भविष्यको नेपाल निर्माणमा जेन-जीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने पनि कार्कीले बताएकी छिन् ।
त्यस्तै, प्रधानमन्त्री कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन् । युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्