काठमाडौँ । रौतहटको गजुरा नगरपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरु दशैँ बितिसक्दा पनि आफूहरुले पाउनुपर्ने तलब भत्ता नगरपालिकाले नदिएको मावि कनकपुरका प्रधानाध्यापक मनोज कुमार यादवले बताएका छन् ।
यादवका अनुसार दशैँ अघि नै पाउनुपर्ने तलब भत्ता पनि नगरपालिकाले दिएन । तर, दशैँ पनि सकिँदा पनि तलब भत्ता नपाएको यादवले गुनासो गरेका छन् । आन्दोलित शिक्षकहरुले तलब भत्ता उपलब्ध गराउन नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाएका छन् ।
यता गजुरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले शिक्षकको मागका विषयमा सहमति भइसकेको बताए । उनले साउनदेखि असोजसम्मको तलब भत्ता तथा चाडपर्व खर्च दिपावली अगाडि उपलब्ध गराउने, शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गराउने लगायतका बुँदामा सहमति भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्