×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनास्लु आरोहीबाट १५ करोड राजस्व संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मनास्लु आरोहीबाट १५ करोड राजस्व संकलन

Artha Sarokar

२४ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गोर्खामा अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।
आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन् । ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल रु १९ करोड राजस्व संकलन भएको थियो । त्यसमध्ये झन्डै रु १६ करोड मनास्लुबाटै संकलन भएको छ । कुल ८०२ आरोहीमध्य ३७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए । उनीहरुबाट रु ४२ लाख १२ हजार ३७५ राजस्व संकलन भएको छ । आठ हजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई-दुई जनाले मात्र अनुमति लिएका विभागले जनाएको छ ।
विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अवस्थित छ । यो याममा अरू हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी