×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजिनामा, कार्यलय प्रवेश गर्न नदिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजिनामा, कार्यलय प्रवेश गर्न नदिने !

Artha Sarokar

१४ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डका कर्मचारीले अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजिनामा मागेका छन् । आन्दोलनरत कर्मचारीले कार्तिक १४ गते शुक्रबार एक बिज्ञप्ति जारी गर्दा बोर्ड अध्यक्ष श्रेष्ठको राजिनामा मागेका हुन् ।

‘कर्मचारीका समस्या समाधान गर्न नसक्ने, कर्मचारीको हित र संचालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन् भन्ने हाम्रो ठम्याई रहेको छ । यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजिनामा दिई मार्ग प्रसस्थ गर्नुपर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, बोर्ड अध्यक्षले राजिनामा नदिँदा सम्म अध्यक्षलाई कर्यकक्षमा प्रवेश गर्न नदिने उनीहरुले बताएका छन् ।

तत्कालीन राजस्व सचिव दिनेश कुमार घिमिरेले बोर्डबाट सञ्चालनमा रहेका कर्मचारी कल्याणकारी कोषको कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ खारेज गर्न पत्र पठाएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सो पत्र फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी