काठमाडौं । सोल्टी होटलले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३१.५७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले कर सहित १६.५७८९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर गरी कुल ३१.५७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सोल्टीको सेयरको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ हो । १० रुपैयाँकै आधारमा नगद लाभांश प्रदान हुनेछ ।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते साधारणसभा डाकेको छ ।
त्यस्तै, कम्पनीको बुक क्लोज मिति मंसिर ५ का लागि तोकिएको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्