Skip to content
LAXMI SUNRISE BANK

आइतबार र सोमबार पनि सार्वजनिक बिदा, नेप्से नखुल्ने

अर्थ सरोकार

काठमाडौँ । सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि नखुल्ने भएको छ । 

सरकारले बाढी तथा पहिरोजन्य विपदलाई ध्यानमा राख्दै आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि आइतबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, नेप्से, विद्यालय लगायत सार्वजनिक संस्थान सबै बन्द रहनेछन् । 

यसो त यसअघिसम्म दशैँ बिदा १८ गते (शनिबार) सम्म मात्र थियो । तर, सरकारले भारी वर्षाका कारण आइपर्न सक्ने जोखिम न्यूनिकरणका लागि सार्वजनिक बिदा दुई दिन थप गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK