काठमाडौँ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र पत्नी आरजु राणा देउवा भाडाको घरमा बस्न थालेका छन् । उनीहरुले महाराजगञ्जमा घर भाडामा लिएर बस्न थालेका हुन् ।
तर, काँग्रेसले पार्टी सभापति देउवा र पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राणा कहाँ बसिरहेका छन् भन्ने जानकारी भने गराएको छैन ।
जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी गरेपछि उनीहरु घरविहीन भएका थिए । सोही क्रममा देउवा दम्पत्तिमाथि पनि कुटपिट भएको थियो । सो पश्चात उनीहरुलाई शिवपुरी ब्यारेकभित्र राखेर उपचार गरिएको थियो ।
उपचारपछि डिस्चार्ज भएका देउवा दम्पत्ति हाल महाराजगञ्जमा घर भाडामा लिएर बस्न थालेका छन् । तर, उनीहरु हालसम्म सार्वजनिक भएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्