काठमाडौँ । बाढीपहिरोबाट घर गुमाएकाहरुका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाइने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बाढीपहिरोले घरविहीन भएका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको बैठकमा सहभागी एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार सरकारले घरविहीनका लागि तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रुपमा स्थायी आवासको व्यवस्था मिलाउने भएको छ । त्यस्तै, बाढीपहिरो प्रभावितहरुलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ ।
अस्थायी आवासका लागि विपद प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । बैठकले सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र बाँकी २५ हजार रुपैयाँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड उपलब्ध गराउने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्