काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध उजुरी दिएको छ । नेविसंघले बालेन र सुदनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरमा उजुरी दिएको हो ।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमा पनि अनुसन्धान गर्नुपर्ने मागसहित नेविसंघले उजुरी दिएको छ ।
उजुरीमा आन्दोलन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको घटनामा उनीहरुमाथि छानविन हुनुपर्ने माग गरिएको छ । प्रहरीले उक्त उजुरीबारे सरकारी वकिलसँग सल्लाह गरेर जानकारी गराउने बताएको छ ।
यसअघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दिइसकेको छ ।