×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुनको भाउ घट्नुपर्ने जति घटाईएन, तोलामा ११ हजार ६०० होइन, २० हजारसम्म आजै घट्नुपर्थ्यो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सुनको भाउ घट्नुपर्ने जति घटाईएन, तोलामा ११ हजार ६०० होइन, २० हजारसम्म आजै घट्नुपर्थ्यो’

Artha Sarokar

९ कार्तिक २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ठूलो परिमाणमा घट्दा पनि नेपालमा सोअनुसार समायोजन नभएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । तिहारपछि खुलेको बजारमा तोलामा ११ हजार ६०० रुपैयाँले मात्र सुनको मूल्य घटेपछि उनीहरूले सो घटोत्तरी अन्तराष्ट्रिय दरसँग मेल नखाएको आरोप लगाएका हुन् ।

व्यवसायीहरूको भनाइमा आइतबार नै तोलामा कम्तीमा २० हजार रुपैयाँले मूल्य घट्नुपर्ने थियो । तर अपेक्षाभन्दा निकै कम घटेपछि उनीहरूले सुनचाँदी व्यवसायी महासंघको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।

‘सुनको भाउ आइतबार नै तोलाको २० हजार रुपैयाँसम्म घट्नुपर्ने थियो, तर ११ हजार ६०० रुपैयाँमात्र घटाइयो,’ एक व्यवसायीले अर्थ सरोकारसँग भने, ‘सरकार कमजोर र नियामक नहुनुको फाइदा उठाइएको छ, यो सरासर गलत हो ।’

यता, तोलाको ११ हजार ६०० रुपैयाँ घटे पनि धेरै व्यवसायीहरूले सुन लुकाउन थालेका छन् । घटेको मूल्यमा बिक्री गर्न नमानेर उनीहरूले पुरानै महँगो दरमा मात्र बिक्री गर्ने, अन्यथा नबेच्नेजस्ता कालोबजारीका अभ्यास बढेका छन् ।

विशेषगरी विराटनगर, वीरगन्ज लगायतका सहरमा यस्तो अवस्था बढी देखिएको छ भने काठमाडौंका केही पसलहरूले पनि नियमित ग्राहकबाहेक नयाँ घटेको मूल्यमा सुन बिक्री गर्न मानेका छैनन् । केहीले बजारमा सुन अभाव भएको भन्दै सुन लुकाएको समेत पाइएको छ ।

यसैबीच, व्यवसायीहरूले सुनको मूल्य अझै घट्ने अनुमान गरेका छन्। कतिपयले तोलाकै डेढ लाख रुपैयाँसम्म झर्न सक्ने प्रक्षेपण गरेका छन् । अन्तराष्ट्रिय बजारमा मूल्य निरन्तर ओरालो लागिरहेको हुँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिने विश्लेषण गरिएको छ ।

मंसिर महिनामा विवाहको तयारी गरिरहेका उपभोक्ताहरू भने महँगोमा खरिद गरेको सुनको मूल्य घटेपछि चिन्तित भएका छन् । तिहारका बेला तोलाको तीन लाख रुपैयाँ पुग्ने हल्लाबीच महँगोमा खरिद गरेका धेरै उपभोक्ता अहिले एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँ घटेपछि फसेको महसुस गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी