Skip to content
LAXMI SUNRISE BANK

गाउँपालिका अध्यक्षको राजसी ठाँटः रक्सीले मातेर कार्यालय पुगे, सोफामा सुतेर वडाध्यक्षलाई खुट्टा मालिस गर्न लगाए

अर्थ सरोकार

काठमाडौँ । सप्तरीमा गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई खुट्टा मालिस गर्न लगाएको पाइएको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष हरि खंगलाई खुट्टा मालिस गर्न लगाएको पाइएको हो ।

चौधरी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् ।

हाल चौधरीले आफ्नै कार्यकक्षमा वडाअध्यक्ष खंगलाई खुट्टा मालिस गर्न लगाएको भिडियो भाइरल बनेको छ । भिडियोमा खैरो टिसर्ट र हाफ पेन्ट लगाएका गाउँपालिका अध्यक्ष चौधरी सोफामा सुतेका छन् भने खंगले खुट्टा मालिस गरिरहेका छन् । 

सो समयमा गाउँपालिकामा उपस्थित एक वडाध्यक्षका अनुसार गाउँपालिका अध्यक्षले आफ्नै कार्यकक्षमा खंगलाई खुट्टा मालिस गर्न लगाएका हुन् । त्यसबेला चौधरीले मादक पदार्थ सेवन गरेका थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK