काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १६२ रुपैयाँ ८३ पैसा र बिक्री दर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८६ रुपैयाँ ७० पैसा र बिक्री दर १८७ रुपैयाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७६ रुपैयाँ ०३ पैसा र बिक्री दर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ १२ पैसा र बिक्री दर ९१ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ पैयाँ ९८ पैसा र बिक्री दर १०० रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०७ रुपैयाँ ९० पैसा र बिक्री दर १०८ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ १७ पैसा र बिक्री दर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ६९ पैसा र बिक्री दर १९ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४८ पैसा र बिक्री दर ३८ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ १९ पैसा र बिक्री दर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७४ पैसा र बिक्री दर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५ रुपैयाँ र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८० पैसा र बिक्रीदर २१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिद दर ४५७ रुपैयाँ ३३ पैसा र बिक्री दर ४५९ रुपैयाँ २९ पैसा, बहराइन दिनार एकको खरिद दर ३७२ रुपैयाँ ०७ पैसा र बिक्री दर ३७३ रुपैयाँ ६६ पैसा , ओमनी रियाल एकको खरिद दर ३६४ रुपैयाँ ३० पैसा र बिक्री दर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













