काठमाडौँ । जेन-जी आन्दोलनमा प्रहरीलाई थर्काउने युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरे पक्राउ परेका हुन् ।
उनलाई आफ्नै ५५ वर्षीया आमाको हत्या अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार उनले आइतबार राति धारिलो हतियार प्रयोग गरेर आफ्नै आमाको विभत्स हत्या गरेका थिए । उनलाई घटनास्थलबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी तिनै युवा हुन् जसले जेन-जी आन्दोलनका क्रममा प्रहरीलाई थर्काएका थिए । देश सम्झेर आफूलाई निन्द्रा नलाग्ने भन्दै प्रहरीलाई थर्काएको उनको भिडियो भाइरल बनेको थियो । हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।