×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा नि:शुल्क !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा नि:शुल्क !

Artha Sarokar

२५ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। एनसेलले आकर्षक ‘११स्११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ।  जसअन्तर्गत भोलि नोभेम्बर ११, मंगलबारको दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा नि:शुल्क पाउनेछन् ।

११:११ उत्सवको अवसरमा भोलि एक दिनका लागि संचालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको छ ।

‘वन स्टप सेल्फ-केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरु हेर्न, रोमिङसहितका सेवा सक्रियरनिष्क्रिय गर्न, र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन पनि सक्छन् ।

एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरु हेर्न सकिनेलगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन सक्छन् ।

११:११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक ट्रेन्ड हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११:११ को आकर्षण बढ्दो रहेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी