×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनपिएलमा १५ सय सुरक्षाकर्मी परिचालन, ४२ वटा सिसिटिभी क्यामेराबाट २४सैँ घण्टा निगरानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनपिएलमा १५ सय सुरक्षाकर्मी परिचालन, ४२ वटा सिसिटिभी क्यामेराबाट २४सैँ घण्टा निगरानी

Artha Sarokar

२ मंसिर २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एनपिएल सुरक्षाको नेतृत्व गरी रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए ।
त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा  सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । रङ्गशाला परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीहरुमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ ।
‘यसपटक एकैतर्फ तीनवटा सम्म ढोकाबाट दर्शक प्रवेश गराउने व्यवस्था भएकाले गत वर्षझैँ एकै ठाउँमा भीड जम्मा हुने अवस्था हुँदैन,’ उनले भने ।
रङ्गशालामा ४२ वटा सिसिटिभी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी गरिएको छ । यस पटक ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको छ । खासगरी टिकट वा प्रवेश पास नभएका व्यक्तिहरु गेटअगाडि जम्मा नहुन् भन्नेतर्फ विशेष ध्यान पुर्याइएको छ । यसका लागि बाहिरी पर्खालमा समेत काँडेतार लगाइएको छ ।
एनपिएलमा प्रहरीका साथै अनुसन्धान, सुरक्षाजाँच यन्त्रहरु र कुकुरको समेत प्रयोग गरी प्रत्येक दिनका खेलअघि जाँच गर्ने गरिएको जानकारी पनि उपरीक्षक भट्टराईले दिए । रङ्गशालाको मूलबाटो बाटै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग जाने गाडीहरु हिँड्ने भएकाले ट्राफिक व्यवस्थापन केही चुनौती भएको जनाइएको छ ।
खेलाडीको निवास र रङ्गशालासम्म उनीहरुको आवतजावतलाई सुरक्षित बनाउन समेत प्रहरी परिचालन गरिएको उपरीक्षक भट्टराईले बताए ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी