काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पुनर्निर्माण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पुनर्निर्माण सुरु गरिसकेको जानकारी गराएका हुन् ।
उनले बीमा कम्पनीहरुबाट २ अर्बको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायिहरुले व्यवसायिक काम नै प्रारम्भ गरेको बताएका छन् ।
‘बीमा कम्पनीहरुबाट करिब २७ अर्बको निजी क्षेत्रको क्षति भएको अनुमान बीमा कम्पनीहरुमा प्रस्तुत भएको छ । जसमध्येमा साढे ३ अर्ब जतिको सर्भिवरले मूल्यांकन गरिसकेको छ ।’, उनले भने, ‘साढे ३ अर्बमा पनि २ अर्बको क्यास एड्भान्स भुक्तानी गरिसकेका छन् । कतिपयको त काम व्यवसायिक काम नै प्रारम्भ गरेका छन् ।’
त्यस्तै, उनले व्यसायीहरुका लागि राष्ट्र बैंकले थप कर्जा लिनु परेमा थप कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको समेत अर्थमन्त्री खनालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्