Skip to content
LAXMI SUNRISE BANK

रास्वपामा समानुपातिक उम्मेदवार बन्न ५० हजार शुल्क !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि ५० हजार रुपैयाँ शुल्क तोकेको छ । शुल्क तोक्दै रास्वपाले कार्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

तर, समानुपातिकको बन्द सूचीमा परेर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट नभए पार्टीलाई बुझाएको रकम भने फिर्ता नहुने पार्टीका सहमहामन्त्री विपीन आचार्यले बताएका छन् ।

त्यस्तै, रास्वपाले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेकाहरु यसपटकको निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । रास्वपाबाट समानुपातिक उम्मेदवार हुन चाहनेले अनलाइन वा भौतिक रुपमा फर्म भरेर आवेदन दिन सकिने रास्वपाले जनाएको छ । 

उम्मेदवार व्यक्तिको लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी लगायतका विधि प्रयोग गरेर छनोट गरिने रास्वपाले जनाएको छ । आवेदनका लागि अन्तिम मिति पार्टीको बैठकले निर्णय गरेर टुंगो लगाउने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK