काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि ६ सय १० जनाले प्रस्ताव दर्ता गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार हालसम्म अनलाइनमार्फत ५ सय ९२ जना र १८ जनाले प्रतिष्ठानमै गएर प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्ताव दर्ता अवधि मंसिर ९ गतेसम्म छ । प्रस्ताव अनलाइनमार्फत दर्ता गर्न सकिनेछ भने परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको वेबसाइटमा हेर्न सकिनेछ ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) अनुसार नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन चाहनेले परियोजना प्रस्ताव दर्ता गर्न सक्नेछन् ।
चालु आर्थिक वर्षमा करिब ४ सय स्टार्टअप उद्यमलाई कर्जा प्रदान गर्ने उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ । चालु आर्थिक वर्षमा स्टार्टअप कर्जा प्रदान गर्नका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्टार्टअप उद्यम गर्न चाहनेलाई स्टार्टअप उद्यमी कर्जा उपलब्ध गराउने सरकारको योजनाले मुलुकमा रोजगारी सृजना हुनुका साथै स्वयम् व्यक्ति र देश आत्मनिर्भर बन्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्