×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भौतिक संरचना पुनर्निर्माण कोषमा ७ करोड ५२ लाख जम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भौतिक संरचना पुनर्निर्माण कोषमा ७ करोड ५२ लाख जम्मा

Artha Sarokar

२४ कार्तिक २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा क्षति भएका संरचना पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा साढे ७ करोड रुपैयाँ संकलन भएको छ । हालसम्म उक्त कोषमा कुल ७ करोड ५२ लाख रुपैयाँ संकलन भएको हो ।

कोषमा सो बराबरको रकम जम्मा भएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन् । 

अर्थमन्त्री खनालका अनुसार सो रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न, पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गराउन र आर्थिक पुनरुत्थान, राहत तथा पुनर्स्थापना कार्यक्रममा खर्च गरिनेछ । 

सरकारले देशभरका सरकारी र सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुर्निर्माणको प्रतिवेदन तयार गर्न साढे ३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभागका लागि २ करोड र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी