Skip to content
LAXMI SUNRISE BANK

एनपीएलमा सट्टेबाजी, ८ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल छन् ।

उनीहरुलाई अनलाई बेटिङ साइटमार्फत सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ८ जनाबाट १५ थान मोबाइल बरामद गरिएको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK