काठमाडौं । नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्यले ऊर्जामन्त्री कुलमान घिसिङ जेन-जीको कारवाहीको पहिलो निशानामा पर्ने दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कुलमान जेन-जीको कारवाहीमा पर्ने दाबी गरेका हुन् ।
‘तीन-तीन वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङ जेनजीको कारबाहीको पहिलो निशानामा पर्नुपर्छ र पर्नेछन् !’ आचार्यले लेखेका छन् ।
उनले कुलमान गुण्डागर्दी शैलीमा खुलेआम जेन-जी आन्दोलनको भावना विपरीत अगाडि बढेको समेत आरोप लगाएका छन् । त्यस्तै, नेता आचार्यले राजीनामा दिएर निर्वाचन प्रतिष्पर्धामा जाने बाटोमा उनी लाग्नु सरकारका लागि, देशका लागि, जनताका लागि, जेन-जी आन्दोलनका लागि, मात्र नभएर स्वयम् कुलमानकै लागि घातक हुने दाबी गरेका छन् ।
‘अहिलेका सबैमन्त्रीले राजीनामा दिएर निर्वाचन लडे भने के होला ? कुलमानको देखासिखी हुन्न भन्ने छ र ? सरकार के-का लागि बनेको भन्ने पनि त सोच्नुपर्ला नि ? राजीनामा नै दिने हो भने, प्रधानमन्त्रीबाट सुशीला कार्कीले दिने हो लण्ठै साफ !’’ उनले फेसबुकमा लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्